मनिषलाल प्रधान

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न निर्वाचनमा वैद्यले ५६ मत प्राप्त गर्दै रामचन्द्र संघईलाई ३० मतले पराजित गरे भने प्रधानले ६१ मत प्राप्त गरी अम्बिकाप्रसाद पौडेललाई २५ मतले हराए।

56 समाचार · 4 दिन अघि
नेपाल उद्योग वाणिज्य महासंघमा ६ केन्द्रीय सदस्य मनोनीत, अध्यक्ष श्रेष्ठद्वारा शपथ ग्रहण नेपाल उद्योग वाणिज्य महासंघमा ६ केन्द्रीय सदस्य मनोनीत, अध्यक्ष श्रेष्ठद्वारा शपथ ग्रहण

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले दुई महिलासहित ६ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । मनोनीत सदस्यहरूले अध्यक्ष श्रेष्ठसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । अध्यक्ष श्रेष्ठले निजी क्षेत्रको एकता र व्यावसायिक हितमार्फत आर्थिक विकासमा महासंघ सक्रिय रहने बताएका छन् ।

11 समाचार · 5 दिन अघि
महासंघ वरिष्ठ उपाध्यक्षमा संघाई र वैद्यबीच सीधा प्रतिस्पर्धा महासंघ वरिष्ठ उपाध्यक्षमा संघाई र वैद्यबीच सीधा प्रतिस्पर्धा

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्ष पदको निर्वाचनमा हेमराज ढकालले उम्मेदवारी फिर्ता लिएपछि रामचन्द्र संघाई र सुरकृष्ण वैद्यबीच सीधा प्रतिस्पर्धा हुने भएको छ। यसअघि तीन जनाबीच प्रतिस्पर्धा हुने तय भएकोमा ढकालले संघईलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन्। कोषाध्यक्ष पदमा भने मनिषलाल प्रधान र अम्बिकाप्रसाद पौडेलबीच प्रतिस्पर्धा कायम छ।

14 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग