पाथीभरा केबलकार परियोजना खारेजीको माग गर्दै पहिचानवादीद्वारा आन्दोलन
ताप्लेजुङको पाथीभरा मुक्कुमलुङ क्षेत्रमा निर्माणाधीन केबलकार परियोजना खारेजीको माग गर्दै पहिचानवादीहरू पुनः आन्दोलित भएका छन्। उनीहरूले उक्त क्षेत्रलाई लिम्बु/याक्थुङ समुदायको पवित्र स्थल भन्दै केबलकार निर्माणले वातावरणीय असर, सांस्कृतिक हस्तक्षेप र स्थानीय समुदायको अधिकारमाथि गम्भीर प्रभाव पार्ने दाबी गरेका छन्। रास्वपा सरकार बनेपछि परियोजना रोकिने आश्वासन पाएको उनीहरूको दाबी छ।
7 समाचार
·
4 दिन अघि