अमेरिकामा नेपाली ग्रीन कार्ड प्रक्रिया जोखिममा, आप्रवासी चिन्तित
अमेरिकामा युएससीआईएसको नयाँ मेमोले ग्रीन कार्ड आवेदकहरूका लागि विदेशस्थित कन्सुलर प्रक्रियाको प्रयोगलाई बढावा दिन सक्ने भएपछि अमेरिकाभित्रैबाट ग्रीन कार्ड आवेदन दिने नेपाली आप्रवासीहरूमाझ चिन्ता बढेको छ। यस नीतिगत परिवर्तनले अमेरिकाभित्रैबाट स्थिति परिवर्तन गरी ग्रीन कार्ड प्राप्त गर्ने नेपालीहरूको प्रक्रियालाई असर गर्न सक्ने अनुमान गरिएको छ। अध्यागमन वकिल केशवराज सेडाईंका अनुसार, एसाइलम स्वीकृत भइसकेका व्यक्तिहरू भने आई–४८५ मार्फत आवेदन दिन योग्य रहनेछन्।