नेपाली ब्यान्ड नेपथ्य मलेसियामा पहिलोपटक सांगीतिक प्रस्तुति दिँदै
नेपाली लोक रक ब्यान्ड नेपथ्यले रोजगारीका लागि मलेसिया पुगेका नेपाली श्रोतामाझ पहिलोपटक सांगीतिक प्रस्तुति दिन लागेको छ। यसअघि क्यानाडा र न्युजिल्यान्ड भ्रमण सकेर फर्किएको ब्यान्डले जुन १ (जेठ १८) मा क्वालालम्पुरको ‘जेप क्वालालम्पुर’मा कन्सर्ट गर्नेछ। मुख्य गायक अमृत गुरुङले मलेसियाबाट सामाजिक सञ्जालमार्फत जोडिएका दर्शकलाई भेट्न आतुर रहेको बताएका छन्।
5 समाचार
·
10 घण्टा अघि
नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय सेफ सोसाइटी
नेपाली मौलिक खान संस्कृति, पाककला तथा पर्यटन प्रवद्र्धनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यसहित नेपाली सेफ सोसाइटी (एनसिएस) गण्डकी प्रदेशको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको छ। अन्तरास्ट्रिय सेफ सोसाइटीका केन्द्रीय अध्यक्ष अरुण अधिकारीले नेपाली भान्छे, कुक तथा सेफहरूको विश्व बजारमा छुट्टै पहिचान स्थापित भइसकेको र उनीहरूको माग निरन्तर बढिरहेको बताए।
5 समाचार
·
12 घण्टा अघि
राष्ट्रिय स्वतन्त्र पार्टीको मलेसिया प्रवास समितिले जुन १ मा दोस्रो अधिवेशन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास नेपाली सम्पर्क विभाग, मलेसियाले जुन १ मा आफ्नो दोस्रो ऐतिहासिक अधिवेशन आयोजना गर्ने भएको छ। क्वालालम्पुरस्थित नेटफार प्रेस्टो क्याफेमा हुने यस अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। यसको उद्देश्य मलेसियामा रास्वपा प्रवास संगठनलाई सशक्त, व्यवस्थित र प्रभावकारी बनाउनु रहेको छ।
6 समाचार
·
13 घण्टा अघि
विदेश पठाइदिने भन्दै करोडौँ ठगी गर्ने सात जना पक्राउ
नेपाल प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै सर्वसाधारणबाट करोडौँ रकम ठगी गरेको अभियोगमा सात जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये अमितकुमार र राहुलकुमारले क्यानडा पठाउने भन्दै रु एक करोड ५७ लाखभन्दा बढी ठगी गरेको अभियोग छ। पीडितहरूको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
4 समाचार
·
14 घण्टा अघि
कंगोमा नेपाल प्रमोसन साँझ: व्यापार, पर्यटन र लगानीका अवसरमा छलफल
नेपाल सरकारको दक्षिण अफ्रिकास्थित नेपाली राजदूतावास र एनआरएनए एलसीसी कंगोको संयुक्त आयोजनामा प्रजातान्त्रिक गणतन्त्र कंगोको लुबुम्बाशी तथा किन्शासामा नेपाल प्रमोसन ईभेनिङ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका क्रममा कार्यवाहक राजदूत रमेश कुमार चम्राकारले कंगोका उच्च पदाधिकारी र सोमिका ग्रुपका प्रमुखसँग भेटवार्ता गरी नेपाली कामदारको अवस्था, सुरक्षा र लगानीका सम्भावनाबारे छलफल गरेका थिए। यस भेटघाटले नेपाल र कंगोबीच व्यापार, पर्यटन, लगानी र श्रम कूटनीतिक सम्बन्ध मजबुत हुने अपेक्षा गरिएको छ।
3 समाचार
·
16 घण्टा अघि
ग्रेटर अस्टिन नेपाली समाजमा पदम ठकुराठीको नेतृत्वमा नयाँ कार्यसमिति चयन
ग्रेटर अस्टिन नेपाली समाज (GANS) टेक्सासको राजधानी अस्टिन र आसपासका क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको साझा सामाजिक तथा सांस्कृतिक संस्था हो। मे २४ मा सम्पन्न निर्वाचनबाट पदम ठकुराठी ४७५ मत प्राप्त गरी अध्यक्षमा विजयी हुनुभएको छ। यस निर्वाचनबाट ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ।
3 समाचार
·
23 घण्टा अघि