राप्रपा-राप्रपा नेपाल एकीकरणको समायोजन प्रक्रिया अलपत्र, कमल थापाद्वारा राजेन्द्र लिङ्देनलाई आग्रह
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) बीच एकीकरण भएको पाँच महिना बितिसक्दा पनि समायोजन प्रक्रिया अलपत्र परेको छ। पूर्वअध्यक्ष कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई सार्वजनिक रूपमै अवधारणा पत्र सम्झाउँदै तत्काल समायोजन प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्। थापाले पार्टी एकता गर्दाका अवधारणा पत्रअनुसार स्थानीय र केन्द्रीय तहमा समायोजन नभएको र निर्वाचन आयोगमा समेत एकताको औपचारिक पत्र नपठाएको गुनासो गरेका छन्।