सिरहामा ४० लाखको अवैध सामानसहित दुईजना पक्राउ, भारततर्फ तस्करीको प्रयास
सशस्त्र प्रहरी बल नेपालले सिरहाको सीमावर्ती क्षेत्रबाट करिब ४० लाख रुपैयाँ बराबरको अवैध सामानसहित एक मालवाहक गाडी र दुई जनालाई नियन्त्रणमा लिएको छ। शनिबार राति विशेष सूचनाको आधारमा गस्ती टोलीले नेपालबाट भारततर्फ अवैध रूपमा लैजान लागिएको कस्मेटिक सामग्री, मन्जन (टुथपेस्ट) र ओखर बरामद गरेको हो। घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाइएको छ।
22 समाचार
·
6 दिन अघि