सिरहा

सिरहामा छोटी भन्सार कार्यालय खारेजीविरुद्ध स्थानीयको चक्काजाम र प्रदर्शन सिरहामा छोटी भन्सार कार्यालय खारेजीविरुद्ध स्थानीयको चक्काजाम र प्रदर्शन

सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय बन्द गर्ने सरकारी निर्णयको विरोधमा स्थानीय बासिन्दा, व्यवसायी र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले धनगढीमाई नगरपालिका-९ जिरोमाइल चोकमा चक्काजामसहित प्रदर्शन गरेका छन्। उनीहरूले भन्सार खारेजीको निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्। सरकारले २०८३ वैशाख २१ गते राजपत्रमार्फत सूचना जारी गरी उक्त कार्यालय बन्द गर्ने निर्णय गरेको थियो।

4 समाचार · 1 दिन अघि
सिरहामा भैँसी खेतमा पसेको निहुँमा दलित महिलामाथि कुटपिट आरोपमा एक पक्राउ सिरहामा भैँसी खेतमा पसेको निहुँमा दलित महिलामाथि कुटपिट आरोपमा एक पक्राउ

सिरहामा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले पवित्रनारायण यादवलाई पक्राउ गरेको छ। गत वैशाख २७ गते यादवको खेतमा भैँसी पसेको निहुँमा फूलकुमारी मण्डललाई कुटपिट गरेको आरोप छ। पीडितले अभद्र व्यवहारसम्बन्धी कसुरमा जाहेरी दर्ता गराएपछि यादवलाई नियन्त्रणमा लिइएको हो।

12 समाचार · 1 दिन अघि
सिरहामा भैँसी खेतमा पसेको निहुँमा दलित महिलामाथि कुटपिट गर्ने पक्राउ सिरहामा भैँसी खेतमा पसेको निहुँमा दलित महिलामाथि कुटपिट गर्ने पक्राउ

सिरहामा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले पवित्रनारायण यादवलाई पक्राउ गरेको छ। यादवमाथि स्थानीय फूलकुमारी मण्डललाई गत वैशाख २७ गते आफ्नो भैँसी खेतमा पसेको निहुँमा कुटपिट गरेको आरोप छ। पीडित मण्डलले अभद्र व्यवहारसम्बन्धी कसुरमा जाहेरी दर्ता गराएपछि प्रहरीले यादवलाई नियन्त्रणमा लिएको हो।

7 समाचार · 1 दिन अघि
लहान नगर अस्पताल निर्माण अन्तिम चरणमा, असार १५ सम्म हस्तान्तरणको तयारी लहान नगर अस्पताल निर्माण अन्तिम चरणमा, असार १५ सम्म हस्तान्तरणको तयारी

सिरहाको लहान नगरपालिका–१० मा निर्माणाधीन लहान नगर अस्पतालको भवन निर्माण अन्तिम चरणमा पुगेको छ। करिब ८० प्रतिशत भौतिक पूर्वाधार निर्माण सम्पन्न भइसकेको यो अस्पताल असार १५ गतेभित्र निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने तयारी छ। यस अस्पतालले स्थानीय नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्ने र प्रादेशिक अस्पतालमा बिरामीको चाप घटाउने अपेक्षा गरिएको छ।

7 समाचार · 4 दिन अघि
सिरहामा ४० लाखको अवैध सामानसहित दुईजना पक्राउ, भारततर्फ तस्करीको प्रयास सिरहामा ४० लाखको अवैध सामानसहित दुईजना पक्राउ, भारततर्फ तस्करीको प्रयास

सशस्त्र प्रहरी बल नेपालले सिरहाको सीमावर्ती क्षेत्रबाट करिब ४० लाख रुपैयाँ बराबरको अवैध सामानसहित एक मालवाहक गाडी र दुई जनालाई नियन्त्रणमा लिएको छ। शनिबार राति विशेष सूचनाको आधारमा गस्ती टोलीले नेपालबाट भारततर्फ अवैध रूपमा लैजान लागिएको कस्मेटिक सामग्री, मन्जन (टुथपेस्ट) र ओखर बरामद गरेको हो। घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाइएको छ।

22 समाचार · 6 दिन अघि
लागुऔषधसहित १७ जना विभिन्न स्थानबाट पक्राउ लागुऔषधसहित १७ जना विभिन्न स्थानबाट पक्राउ

प्रहरीले देशका विभिन्न भागबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार झापा, सिरहा, कैलाली, मकवानपुर, ललितपुर, उदयपुर, कपिलवस्तु र पर्साबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रहरीले उनीहरूको साथबाट खैरो हेरोइन, गाँजा, ट्रामाडोल र स्पास्मो बरामद गरेको छ।

7 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग