धनकुटामा भीमनारायण स्मृति कप फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा सहलेस विजयी
धनकुटाको तल्लो टुँडिखेलमा १८औँ संस्करणको सहिद भीमनारायण स्मृति कप फुटबल प्रतियोगिता सुरु भएको छ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले प्रतियोगिताको उद्घाटन गरेका हुन् । उद्घाटन खेलमा सिराहाको सहलेस युवा क्लबले राष्ट्रिय जागृति फुटबल क्लब इटहरीलाई ट्राइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको छ ।
4 समाचार
·
2 दिन अघि