इन्द्रमणि पराजुली

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने

कोशी प्रदेशमा जेठ १४, १५ र १६ गते तीन दिनसम्म गणतन्त्र दिवस भव्यरुपमा मनाइने भएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले यसको निर्णय गरेको हो। दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिनेछन्।

6 समाचार · 1 दिन अघि
कोशी प्रदेशमा लागुऔषध दुर्व्यसनविरुद्ध महाअभियान सुरु, प्रदेश सरकारको सहयोग रहने मुख्यमन्त्रीको प्रतिबद्धता कोशी प्रदेशमा लागुऔषध दुर्व्यसनविरुद्ध महाअभियान सुरु, प्रदेश सरकारको सहयोग रहने मुख्यमन्त्रीको प्रतिबद्धता

कोशी प्रदेशमा लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। विराटनगरमा जिल्ला प्रहरी कार्यालय मोरङ, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र विराटनगर महानगरपालिकाद्वारा आयोजित लागुऔषध दुर्व्यसनविरुद्धको महाअभियान कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यसलाई समाज र राष्ट्रकै ठूलो चुनौतीका रूपमा चित्रण गरे। उनले लागुऔषध नियन्त्रणका लागि प्रहरी, घर, विद्यालय र समुदाय सबैको साझा प्रयास आवश्यक रहेको बताए।

5 समाचार · 4 दिन अघि
धनकुटामा भीमनारायण स्मृति कप फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा सहलेस विजयी धनकुटामा भीमनारायण स्मृति कप फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा सहलेस विजयी

धनकुटाको तल्लो टुँडिखेलमा १८औँ संस्करणको सहिद भीमनारायण स्मृति कप फुटबल प्रतियोगिता सुरु भएको छ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले प्रतियोगिताको उद्घाटन गरेका हुन् । उद्घाटन खेलमा सिराहाको सहलेस युवा क्लबले राष्ट्रिय जागृति फुटबल क्लब इटहरीलाई ट्राइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको छ ।

4 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग