बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी हर्कबहादुर बुढा काठमाडौंबाट पक्राउ
बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी हर्कबहादुर बुढालाई प्रहरीले काठमाडौंको कलंकी क्षेत्रबाट पक्राउ गरेको छ। जिल्ला रुकुम पूर्व स्थायी घर भई हाल ललितपुर बस्दै आएका बुढाविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ परेका बुढालाई थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।
5 समाचार
·
6 दिन अघि