कोशी प्रदेश लोक सेवा आयोगमा रूपा थापा ओझा र भीमबहादुर सुब्बा नियुक्त
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश लोक सेवा आयोगमा रूपा थापा ओझा र भीमबहादुर सुब्बा (फुदोङ) लाई सदस्य पदमा नियुक्त गरेका छन्। मुख्यमन्त्री हिक्मतकुमार कार्कीको संयोजकत्वमा गठित समितिले सिफारिस गरेका उनीहरूलाई आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले पद तथा गोपनीयताको शपथ गराएका छन्।
12 समाचार
·
5 दिन अघि