पलेशा गोवर्धनले एसियाली पारा तेक्वान्दोमा नेपाललाई दिलाइन् कास्यपदक
नेपालकी पलेशा गोवर्धनले ११औँ एसियाली पारा तेक्वान्दो प्रतियोगितामा कास्यपदक जितेकी छन्। मंगोलियाको उलानबटारमा भएको के-४४ क्याटगोरीको महिला ५७ केजीमुनि भएको खेलमा उनी इरानकी जहरा रहिमीसँग सेमिफाइनलमा पराजित भएपछि कास्यमा सीमित भइन्। यसअघि पलेशा विश्व वरीयताका आधारमा एसियाली पारा तेक्वान्दोका लागि छनोट भइसकेकी थिइन्।
12 समाचार
·
3 दिन अघि