ललितपुरबाट नक्कली ५ सय दरका नोटसहित सुरज राई पक्राउ
ललितपुरको लगनखेल बसपार्क नजिकबाट प्रहरीले नक्कली ५ सय दरका १६ थान नोटसहित १९ वर्षीय सुरज राईलाई पक्राउ गरेको छ। नक्कली नोटको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले राईलाई नियन्त्रणमा लिएको हो। बरामद गरिएका सबै नोटमा एउटै नम्बर रहेको प्रहरीले जनाएको छ।
6 समाचार
·
1 दिन अघि