जिल्ला प्रहरी परिसर ललितपुर

ललितपुरबाट नक्कली ५ सय दरका नोटसहित सुरज राई पक्राउ ललितपुरबाट नक्कली ५ सय दरका नोटसहित सुरज राई पक्राउ

ललितपुरको लगनखेल बसपार्क नजिकबाट प्रहरीले नक्कली ५ सय दरका १६ थान नोटसहित १९ वर्षीय सुरज राईलाई पक्राउ गरेको छ। नक्कली नोटको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले राईलाई नियन्त्रणमा लिएको हो। बरामद गरिएका सबै नोटमा एउटै नम्बर रहेको प्रहरीले जनाएको छ।

6 समाचार · 1 दिन अघि
ललितपुरमा नक्कली नोट र लागूऔषधसहित तीन जना पक्राउ ललितपुरमा नक्कली नोट र लागूऔषधसहित तीन जना पक्राउ

ललितपुरमा प्रहरीले नक्कली नोट र लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरले लगनखेलबाट नक्कली नोटसहित सुरज राईलाई र भोलढोकाबाट लागूऔषधसहित विजय स्याङ्बो र नीता शिवालाई पक्राउ गरेको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

3 समाचार · 2 दिन अघि
नेपाल-भारत सीमा सुरक्षा सुदृढ बनाउन सुरक्षा अधिकारीहरू सहमत नेपाल-भारत सीमा सुरक्षा सुदृढ बनाउन सुरक्षा अधिकारीहरू सहमत

नेपाल र भारतका सीमा सुरक्षा अधिकारीहरूले अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा सुरक्षा व्यवस्था थप मजबुत बनाउन र सीमापार हुने आपराधिक गतिविधि नियन्त्रण गर्न संयुक्त रणनीति अपनाउने सहमति गरेका छन्। विहारको सीतामढीमा सम्पन्न इन्डो-नेपाल बोर्डर डिस्ट्रिक्ट समन्वय समितिको बैठकमा लागूऔषध, अवैध हतियार, जाली नोट तस्करी नियन्त्रण तथा मानव बेचबिखन रोक्ने विषयमा छलफल भएको थियो।

3 समाचार · 2 दिन अघि
रातो मच्छिन्द्रनाथको रथमा रहेको ऐतिहासिक पाता हराएकोमा प्रहरीमा उजुरी रातो मच्छिन्द्रनाथको रथमा रहेको ऐतिहासिक पाता हराएकोमा प्रहरीमा उजुरी

रातो मच्छिन्द्रनाथको रथमा रहेको ऐतिहासिक पाता हराएको भन्दै प्रहरीमा उजुरी परेको छ। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार रथको अघिल्लो धमामा दायाँतर्फ रहने पाता हराएको हो। यो पाता विक्रम सम्बत् १९९६ सालमा जुद्धशमशेर राणाले राखेको बताइन्छ।

4 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग