बनेपा होल्डिङ सेन्टरमा सुकुम्बासीको गुनासो: उचित बसोबास र बालबालिकाको पढाइको माग
सरकारले काठमाडौं उपत्यकाका सुकुम्बासी बस्तीमा डोजर चलाएपछि विस्थापित भएका करिब ११० जना मानिस बनेपास्थित नेपाल रेडक्रसको प्रशिक्षण केन्द्रमा रहेको होल्डिङ सेन्टरमा बसिरहेका छन्। खाना र बस्नको व्यवस्था भए पनि उनीहरूले बालबालिकाको पढाइ, रोजगारी र स्थायी बसोबासको माग गरेका छन्। सांसद विष्णुमाया बिकले भने होल्डिङ सेन्टरमा सुकुम्बासीलाई कैदीजस्तो व्यवहार गरिएको दाबी गरेकी छन्।
13 समाचार
·
5 दिन अघि