म्यानमार सरकारद्वारा डा. ल्हा-रक्याल लामालाई ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट सम्मान
म्यानमार सरकारले बौद्ध धर्मको शुद्धता, संरक्षण र विश्वव्यापी प्रचार-प्रसारमा योगदान पुर्याएको भन्दै खेन्पो छिमेद छेरिङ (डा. ल्हा-रक्याल लामा) लाई ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट सम्मानित गरेको छ। नेपालका लागि म्यानमारका राजदूत थान्त सिनले काठमाडौंको साँखुस्थित न्गाग्युर पल्युल लिङ मोनेस्ट्रीमा आयोजित समारोहमा उनलाई यो सम्मान प्रदान गरेका हुन्।
10 समाचार
·
4 दिन अघि