साइबर ब्यूरोको सुस्त कार्यशैली विरुद्ध जानकी मन्दिरका महन्तको प्रश्न
जनकपुरधामको जानकी मन्दिरका उत्तराधिकारी छोटे महन्त रामरोशन दास वैष्णवले नेपाल प्रहरीको साइबर ब्यूरोमाथि प्रश्न उठाएका छन्। उनले करिब सात महिनाअघि २०८२ साल कार्तिक ९ गते साइबर ब्यूरोमा दर्ता गराएको उजुरीमा हालसम्म कुनै कारबाही नभएको गुनासो गरेका छन्। महन्त दासका अनुसार, एक वर्षअघि कसैले जानकी मन्दिर र आफ्नो व्यक्तिगत नाममा फेक फेसबुक प्रोफाइल बनाएर बदनाम गर्ने सामग्री पोस्ट गरिरहेका छन्।
3 समाचार
·
2 दिन अघि