राष्ट्रिय वाणिज्य बैंक र कोषद्वारा कोशी प्रदेशमा साना तथा मझौला उद्यम कर्जा योजना सुरु
राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषले ‘सुरक्षण योगदानमा आधारित कर्जाको पोर्टफोलियो सुरक्षण योजना २०८२’ कार्यान्वयन सुरु गरेका छन्। यो योजना विकास र सहयोगका लागि स्वीस एजेन्सी र कोशी प्रदेश सरकारको संयुक्त लगानी रहेको उदय परियोजनाअन्तर्गत सञ्चालन हुनेछ। यस योजनाले कोशी प्रदेशका साना तथा मझौला कृषि, उद्योग र सेवा व्यवसायमा ३० लाखदेखि ३ करोड रुपैयाँसम्म कर्जा प्रवाह गर्नेछ।
10 समाचार
·
6 दिन अघि