काठमाडौं महानगरपालिकाले हनुमान ढोका दरबार सङ्ग्रहालयलाई बढेको शुल्क नबुझाएको महालेखापरीक्षकको प्रतिवेदनमा खुलासा
काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ देखि विदेशी पर्यटकका लागि हनुमानढोका दरबार सङ्ग्रहालय प्रवेश शुल्कमा वृद्धि गरे पनि सङ्ग्रहालय विकास समितिलाई बढेको अनुपातमा शुल्क नबुझाएको महालेखापरीक्षकको ६३औँ प्रतिवेदनले औंल्याएको छ। यसबाट समितिलाई करिब तीन करोड रुपैयाँभन्दा बढी रकम बक्यौता रहेको प्रतिवेदनमा उल्लेख छ।
3 समाचार
·
6 दिन अघि