गुप्तेश्वर गुफामा पर्यटकको उल्लेख्य भीड, एक दिनमा पाँच लाखभन्दा बढीको टिकट बिक्री
पोखरा-१७ छोरेपाटनमा रहेको ऐतिहासिक, धार्मिक र पुरातात्त्विक गुप्तेश्वर गुफामा जेठ १० गते आइतबार एकै दिनमा छ हजार ७८ जनाले टिकट काटेर अवलोकन गरेका छन्। यसबाट गुफा व्यवस्थापन समितिले पाँच लाख २५ हजार ७१५ रुपैयाँ आम्दानी गरेको छ। गुफा कार्यालय प्रमुख नारायण पौडेलका अनुसार गर्मी बढेसँगै पोखरामा पर्यटकको चाप बढेकाले गुफाको आकर्षण बढेको हो।