पोखरा महानगरपालिकाले पृथ्वीचोक बसपार्क क्षेत्रमा अतिक्रमित संरचनामाथि डोजर चलायो
पोखरा महानगरपालिकाले पृथ्वीचोक बसपार्क क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत टहरा तथा संरचनामाथि डोजर चलाएको छ। अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने अभियानअन्तर्गत यो कारबाही गरिएको महानगरपालिकाले जनाएको छ।