आर्थिक सर्वेक्षण: पहाडी क्षेत्रमा पूर्वाधार लागत बढ्दो, तराईमा लगानी आवश्यक
आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार ग्रामीण जनसंख्या घट्दै र सहरी जनसंख्या बढ्दै जाँदा पहाड तथा हिमाली क्षेत्रमा पूर्वाधार निर्माण र सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो छ। उच्च जनघनत्व रहेको तराई-मधेश क्षेत्रमा ठूला पूर्वाधार आयोजनामा थप लगानी गर्नुपर्ने आवश्यकता सर्वेक्षणले औँल्याएको छ। तीव्र सहरीकरणले योजनाबद्ध सहरी पूर्वाधार, व्यवस्थित बस्ती विकास, गुणस्तरीय आवास र भरपर्दो ऊर्जा आपूर्तिको माग बढाएको छ।