शाओमीले नेपाली बजारमा नयाँ रेडमी प्याड २ ९.७ सार्वजनिक गर्यो
ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली बजारका लागि नयाँ रेडमी प्याड २ ९.७” सार्वजनिक गरेको छ। यो ट्याब्लेट शक्तिशाली अक्टा-कोर प्रोसेसर, ९.७ इन्चको २K डिस्प्ले, र ७,६०० एमएएच ब्याट्रीसहित १८ वाट फास्ट-चार्जिङ सुविधाका साथ आउँछ। यसको मूल्य ४+१२८ जिबि भेरियन्टको लागि २५,९९९ रुपैयाँ तोकिएको छ।