सभामुख अर्यालले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कन आग्रह गरे
सभामुख डोलप्रसाद अर्यालले विदेशमा रहेका नेपालीहरूलाई स्वदेश फर्कन आग्रह गरेका छन्। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारस्थित नृसिंहधाममा आयोजित पुरुषोत्तम महोत्सवको अवलोकनका क्रममा उनले देशको संविधान र कानुनको पूर्ण पालना गर्न सरकार कटिबद्ध रहेको धारणा राखे। अर्यालले देश बन्ने, समृद्ध हुने र सुशासन कायम हुने विश्वास व्यक्त गरे।