राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) Nagarik News - Home News Polar Dcnepal
6 स्रोत · 8 समाचार
सुरु 1 हप्ता अघि · अपडेट 1 हप्ता अघि

बागलुङमा जङ्गली भ्याकुर सेवनले एकको मृत्यु, आठ बिरामी

Photo · newspolar.com

बागलुङको बडिगाड गाउँपालिकामा जङ्गली भ्याकुर सेवन गर्दा एक जना ७२ वर्षीया महिलाको मृत्यु भएको छ भने आठ जना बिरामी परेका छन्। विषाक्तताका कारण चक्कर लाग्ने, हातखुट्टा लुलो हुने र वान्ता हुने जस्ता लक्षण देखिएपछि बिरामीहरूलाई उपचारका लागि बुर्तिबाङ अस्पताल लगिएको छ।

  • जङ्गली भ्याकुर खाँदा बडिगाड गाउँपालिका–५ खाराबजारकी ७२ वर्षीया फिरमकुमारी घिमिरेको मृत्यु भएको हो।
  • बिरामी हुनेहरूमा दुरपती कामी, विष्णु घिमिरे, शारदा न्यौपाने, अबिसन घिमिरे, भोजराज घिमिरे, सुरेन्द्र विक, पुतली घिमिरे र खिमानन्द घिमिरे रहेका छन्।
  • स्थानीयका अनुसार उनीहरू निगुरो टिप्न जाँदा खाजाको रूपमा जङ्गलबाट ल्याएको भ्याकुर खाएका थिए।
  • जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी चिरञ्जीवी अधिकारीले घटनाबारे जानकारी दिएका छन्।
शेयर ↗
सम्बन्धित

थप स्वास्थ्य

सबै हेर्नुहोस्
नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ निमोनिया र संक्रमणका कारण अस्पताल भर्ना नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ निमोनिया र संक्रमणका कारण अस्पताल भर्ना

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यमा समस्या देखिएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका छन्। विगत तीन दिनदेखि रुघाखोकी र ज्वरो आएका कारण स्वास्थ्य परीक्षण गर्दा उनमा निमोनिया र रगतमा संक्रमण पुष्टि भएको हो। चिकित्सकहरूको सुझावपछि उनलाई अस्पतालमै भर्ना गरेर उपचार सुरु गरिएको छ।

16 समाचार · 1 घण्टा अघि
अभिनेत्री रेखा थापा मेदान्त आयुर्वेद अस्पतालको ब्रान्ड एम्बास्डरमा नियुक्त अभिनेत्री रेखा थापा मेदान्त आयुर्वेद अस्पतालको ब्रान्ड एम्बास्डरमा नियुक्त

अभिनेत्री रेखा थापा मेदान्त आयुर्वेद अस्पतालको ब्रान्ड एम्बास्डरमा नियुक्त भएकी छन्। आगामी एक वर्षका लागि अस्पताल र थापाबीच यो व्यावसायिक सम्झौता भएको हो। सम्झौता अनुसार, थापाले अस्पतालका विभिन्न प्रचार प्रसार, प्रवद्र्धनात्मक गतिविधि र स्वास्थ्य सचेतना अभियानहरूमा सक्रिय सहभागिता जनाउनेछिन्।

4 समाचार · 2 घण्टा अघि
नेपाल चिकित्सक सङ्घको सम्मेलन चितवनमा सुरु, स्वास्थ्य सेवा सुधारमा छलफल नेपाल चिकित्सक सङ्घको सम्मेलन चितवनमा सुरु, स्वास्थ्य सेवा सुधारमा छलफल

नेपाल चिकित्सक सङ्घको आयोजनामा चितवनमा ‘अल नेपाल मेडिकल कन्फ्रेन्स ‘एनएमए कन २०२६’ सुरु भएको छ । आइतबारसम्म चल्ने यस सम्मेलनमा नेपाल, भारत र चीनका विशेषज्ञ चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि सहभागी छन् । सम्मेलनमा प्राथमिक स्वास्थ्य सेवा सुधार, डिजिटल हेल्थ, ग्रामीण स्वास्थ्य पहुँच, स्वास्थ्य बीमा र मानव संसाधन व्यवस्थापन जस्ता विषयमा छलफल भइरहेको छ ।

10 समाचार · 3 घण्टा अघि
स्वास्थ्य बीमा बोर्डद्वारा निजी अस्पतालमा आकस्मिकबाहेकका सेवा स्थगित स्वास्थ्य बीमा बोर्डद्वारा निजी अस्पतालमा आकस्मिकबाहेकका सेवा स्थगित

स्वास्थ्य बीमा बोर्डले वित्तीय संकटको कारण देखाउँदै जेठ १६ गतेदेखि लागू हुने गरी निजी स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै स्वास्थ्य बीमा सेवा स्थगित गरेको छ। बोर्डको जेठ ११ गते बसेको बैठकले गरेको यो निर्णयले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने नियमित सेवाहरू अर्को सूचना नभएसम्मका लागि बन्द रहनेछ।

61 समाचार · 5 घण्टा अघि