महिलाको निर्णायक सहभागिताबिना समावेशी विकास सम्भव छैन : नगरप्रमुख ढकाल
वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले राज्यका हरेक संरचना र निर्णय प्रक्रियामा महिलाको सक्षम तथा निर्णायक उपस्थिति सुनिश्चित गर्नुपर्ने बताएकी छन् । उनले महिला अधिकारका लागि भएका ऐतिहासिक संघर्ष र प्राप्त उपलब्धिको संरक्षण गर्दै थप सशक्तीकरणतर्फ अघि बढ्नुपर्नेमा जोड दिइन् । ढकालले महिलाको सहभागिता केवल प्रतिनिधित्वको विषय नभई समृद्ध, समावेशी र न्यायपूर्ण समाज निर्माणको आधार भएको धारणा व्यक्त गरिन् ।