नेपाली कांग्रेसले हिमालमा परेको असर न्यूनीकरणलाई प्राथमिकता दिने
नेपाली कांग्रेसले जलवायु परिवर्तनले हिमालमा पारेको असर न्यूनीकरणको खोजी र समग्र वातावरण संरक्षण अभियानलाई प्राथमिकता दिने निर्णय गरेको छ। पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले यसका लागि ‘जलवायु परिवर्तन सचेतना उपसमिति’ गठन गरेको छ। उपसभापति विश्वप्रकाश शर्माका अनुसार, विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमनदी पग्लिने क्रम तीव्र हुँदा जलवायुजन्य विपद्को खतरा बढेको छ।