तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता जेठ १४-१५ मा हुने
तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिताको तेस्रो संस्करण जेठ १४ र १५ गते काठमाडौंमा आयोजना हुने भएको छ। नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघ र यूएस नेपाल क्लाइम्बर्स एसोसिएसनको संयुक्त आयोजनामा हुन लागेको यस प्रतियोगिताले साहसिक आरोहण खेलको प्रवद्र्धन गर्ने र तेन्जिङ नोर्गे शेर्पा तथा सर एड्मण्ड हिलारीको योगदानलाई सम्मान गर्ने उद्देश्य राखेको छ। यस वर्ष पहिलो पटक लिड क्लाइम्बिङ विधामा प्रतिस्पर्धा हुनेछ।