बहिरा संघ गण्डकीको भवन भत्काइएको विषय गण्डकी प्रदेशसभामा उठ्यो
पोखरा महानगरपालिकाले फिर्के खोलाको अतिक्रमण हटाउने क्रममा बहिरा संघ गण्डकीको कार्यालय भवन भत्काएको विषय गण्डकी प्रदेशसभामा उठेको छ। कांग्रेस सांसद सुनिता थापाले अपांगता भएका नागरिकहरूको अधिकार सुनिश्चित गर्न माग गर्दै भवन भत्काइएकोमा आपत्ति जनाएकी छिन्। राष्ट्रिय बहिरा महासंघले पनि विज्ञप्ति जारी गरी भवन भत्काइएकोमा ध्यानाकर्षण गराएको छ।