पूर्वपत्नीद्वारा न्यायाधीश गिरीमाथि बलात्कार आरोपः पुनर्वहालीको विरोधमा आमरण अनसनको घोषणा
पूर्वपत्नी आरती रावलले बलात्कार मुद्दामा फैसला नहुँदै दार्चुला जिल्ला अदालतका न्यायाधीश भुवन गिरीलाई पुनर्वहाली गरिएको भन्दै आमरण अनसन बस्ने घोषणा गरेकी छन्। रावलले सत्ता र शक्तिको दुरुपयोग गरी आफूले न्याय नपाउँदै गिरीलाई पुनर्वहाली गरिएको आरोप लगाएकी छन्।