चिनियाँ शपिङ टुरले नेपाली पर्यटन क्षेत्रमा चिन्ता बढाएको व्यवसायीको दाबी
नेपाल सरकार र नेपाल पर्यटन बोर्डले नेपाललाई प्रकृति, संस्कृति र साहसिक पर्यटनको गन्तव्यका रूपमा प्रवर्द्धन गरिरहेका बेला केही चिनियाँ ट्राभल कम्पनीहरूले नेपाल भ्रमणलाई शपिङ केन्द्रित व्यवसायमा रूपान्तरण गरेको भन्दै पर्यटन क्षेत्रमा चिन्ता बढेको छ। व्यवसायीहरूका अनुसार केही प्याकेजको मूल्य काठमाडौं आउने-जाने हवाई टिकटको लागतभन्दा समेत कम छ, जसले गर्दा नेपाली पर्यटन उद्योगले अपेक्षित आर्थिक लाभ नपाउने, स्थानीय व्यवसायीहरू प्रतिस्पर्धामा पर्नुपर्ने र श्रमिकको रोजगारीसमेत प्रभावित हुन सक्ने बताएका छन्।