प्रेस काउन्सिल नेपालद्वारा पत्रकार आचारसंहिता पालना गर्न आग्रह
प्रेस काउन्सिल नेपालले अनलाइन समाचार पोर्टल र सामाजिक सञ्जालमा पत्रकार आचारसंहिता विपरीत सामग्री सम्प्रेषण भएको भन्दै चिन्ता व्यक्त गरेको छ। काउन्सिलका अनुसार केही अनलाइन पोर्टल तथा सञ्चारकर्मीले ‘भ्युज’ बढाउने र मोनिटाइजेसनमा केन्द्रित भएर अपुष्ट र सनसनीपूर्ण सामग्री प्रसारण गर्ने प्रवृत्ति बढेको छ। यस्तो अभ्यासले पत्रकारिताको विश्वसनीयतामाथि असर पार्ने काउन्सिलको ठहर छ।