लोक ब्यान्ड नेपथ्यद्वारा मलेसियामा पहिलो पटक कन्सर्ट आयोजना
नेपाली लोक रक ब्यान्ड नेपथ्यले रोजगारीका लागि मलेसिया पुगेका नेपाली श्रोतामाझ पहिलोपटक कन्सर्ट गर्ने भएको छ । यसअघि क्यानाडा र न्युजिल्यान्डको भ्रमण सकेर फर्किएको ब्यान्डले आगामी जेठ १८ गते क्वालालम्पुरमा प्रस्तुति दिनेछ । यसले नेपथ्यको मलेसियामा हुने पहिलो प्रस्तुति हुनेछ भने क्वालालम्पुर ५८ औं अन्तर्राष्ट्रिय सहर बन्नेछ ।