इनड्राइभले महिला उद्यमीलाई विश्वव्यापी नेटवर्क र लगानीसँग जोड्न ‘अरोरा भेन्चर्स’ कार्यक्रम सुरु गर्यो
विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालसहित उदीयमान बजारका महिला उद्यमीहरूलाई अन्तर्राष्ट्रिय नेटवर्क र लगानी अवसरसँग जोड्ने उद्देश्यले ‘अरोरा भेन्चर्स’ नामक नयाँ लगानी कार्यक्रम सार्वजनिक गरेको छ। महिला संस्थापकहरूले लगानी प्राप्त गर्ने क्रममा भोगिरहेका चुनौती न्यूनीकरण गर्ने लक्ष्यसहित यो कार्यक्रम अघि बढाइएको कम्पनीले जनाएको छ। यो घोषणा चिलीको स्यान्टियागोमा सम्पन्न ‘अरोरा टेक अवार्ड २०२६’ को समापनसँगै गरिएको हो।