गीतकार संघले नीर शाहलाई ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान–२०८२’ प्रदान गर्ने
गीतकार संघ नेपालले प्रतिष्ठित गीतकार तथा अभिनेता नीर शाहलाई ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान–२०८२’ प्रदान गर्ने निर्णय गरेको छ। संघको स्थापना दिवसको अवसरमा बसेको बैठकले शाहलाई १ लाख ५१ हजार नगदसहित ताम्रपत्रले सम्मान गर्ने निर्णय गरेको हो। यसका साथै, डायस्पोरा गीतकार सम्मान, मातृभाषा गीतकार सम्मान, प्रतिभा गीतकार सम्मान र पत्रकारिता सम्मान पनि प्रदान गरिनेछ।