तनहुँमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक नियन्त्रणमा
तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित पृथ्वीराजमार्गमा पर्यटक बसको ठक्करबाट ७८ वर्षीय सम्मरबहादुर रानाभाटको मृत्यु भएको छ। पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बसले बाटो क्रस गर्ने क्रममा रानाभाटलाई ठक्कर दिएको थियो। दुर्घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।