निर्माण क्षेत्रको संकटबारे सरकारको ध्यानाकर्षण गराउँदै चेम्बरको आग्रह
नेपाल चेम्बर अफ कमर्सले निर्माण क्षेत्रमा बढ्दो लागत, ढिलो भुक्तानी र प्रशासनिक जटिलताका कारण व्यवसायीहरू गम्भीर आर्थिक संकटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। मध्यपूर्व युद्धको प्रभावले निर्माण सामग्री र ढुवानी खर्चमा भएको मूल्यवृद्धिका कारण समस्या थप जटिल बनेको चेम्बरले जनाएको छ।