रिपोर्टर्स नेपाल Banking Samachar Insurance Khabar
3 स्रोत · 3 समाचार
सुरु 19 घण्टा अघि · अपडेट 18 घण्टा अघि

म्याग्दीमा लक्ष्यअघि योजना सम्पन्न गर्ने ११ निर्माण कम्पनी पुरस्कृत

Photo · www.reportersnepal.com

म्याग्दीमा विकास आयोजना समयमै सम्पन्न गर्ने ११ निर्माण कम्पनी तथा व्यवसायीलाई गणतन्त्र दिवसका अवसरमा सम्मान गरिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको समन्वयमा पूर्वाधार विकास कार्यालयले सात र खानेपानी, जलस्रोत तथा सिँचाइका लक्ष्यअघि नै सम्पन्न भएका तीन वटा योजनाका सञ्चालकलाई पुरस्कृत गरिएको हो ।

  • कालीगण्डकी कोरिडोर सडक आयोजनाले तातोपानी–घाँसा खण्डको निर्माण कम्पनी शर्मा–गजुरमुखी जेभीलाई चुनौतीपूर्ण भूगोल र संवेदनशील अवस्थाबीच सफलतापूर्वक सडक निर्माण सम्पन्न गरेबापत सम्मान गरेको छ ।
  • पूर्वाधार विकास कार्यालयले मालिका–५, म्याग्दीका ओमेन अस्कर निर्माण सेवा, अन्नपूर्ण–३ का रुप्से बिल्डर्स प्रालि, बेनी नगरपालिका–२ का सोमरस निर्माण सेवा, टोखा–१०, काठमाडौँका विपीएल बीएसडी डिपी जेभी, मङ्गला–२ का मङ्गला कन्स्ट्रक्सन प्रालि, सुन्दरादेवी–२, नुवाकोटकी मङ्गलादेवी सुवास कन्स्ट्रक्सन प्रालि र बेनी नगरपालिका–८ का एसएस बिल्डर्सलाई सम्मान गरेको छ ।
  • खानेपानी, जलस्रोत तथा सिँचाइ विकास कार्यालयले अन्नपूर्ण–३ दानाका रुप्से बिल्डर्स प्रालि, बेनी नगरपालिका–६ का महाशक्तिमाया कन्स्ट्रक्सन प्रालि र रघुगङ्गा–३ पिप्लेका धौलाश्री निर्माण सेवालाई सम्मान गरेको छ ।
  • प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले यसको जानकारी दिएका छन् ।
शेयर ↗
सम्बन्धित

थप अर्थतन्त्र

सबै हेर्नुहोस्
आगामी आर्थिक वर्षको बजेट: आयकर छुट सीमा १० लाख, ३६० वस्तुको अन्तःशुल्क खारेज आगामी आर्थिक वर्षको बजेट: आयकर छुट सीमा १० लाख, ३६० वस्तुको अन्तःशुल्क खारेज

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३-८४ को बजेटमार्फत कर प्रणालीमा व्यापक सुधारको घोषणा गरेका छन्। मध्यम वर्गलाई राहत दिने उद्देश्यले व्यक्तिगत आयकर छुटको सीमा १० लाख रुपैयाँ पुर्‍याइएको छ भने ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरिएको छ। यसका साथै औद्योगिक कच्चा पदार्थको भन्सार दर घटाइएको छ र भन्सार दरका ११ तहलाई ७ तहमा सीमित गरिएको छ।

17 समाचार · 16 घण्टा अघि
सरकारले पुस मसान्तभित्र राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने घोषणा सरकारले पुस मसान्तभित्र राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने घोषणा

सरकारले बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जा र गैर-बैंकिङ सम्पत्तिको प्रभावकारी व्यवस्थापन गर्न आगामी पुस मसान्तभित्र विशेष कानुनी अधिकारसहित राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत यो घोषणा गरेका हुन्।

9 समाचार · 16 घण्टा अघि
अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै, मुलुक आर्थिक सुधारको निर्णायक मोडमा रहेको दाबी अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै, मुलुक आर्थिक सुधारको निर्णायक मोडमा रहेको दाबी

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३-८४ को बजेट प्रस्तुत गर्दै मुलुक वृहत्तर आर्थिक सुधारको निर्णायक मोडमा रहेको बताएका छन्। उनले राजनीतिक अस्थिरताको अन्त्यसँगै समष्टिगत आर्थिक सूचकहरू सुधारोन्मुख रहेको, वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको र प्रविधि तथा स्वच्छ ऊर्जामा ठूलो सम्भावना रहेको दाबी गरे। बजेटले आर्थिक सुधार, लगानी विस्तार र प्रविधिमैत्री विकासमार्फत देशलाई नयाँ दिशा दिने उद्देश्य राखिएको छ।

101 समाचार · 16 घण्टा अघि
सरकारले उधारो असुली सम्बन्धी कानुन बनाउने, बजेटमा विभिन्न घोषणा सरकारले उधारो असुली सम्बन्धी कानुन बनाउने, बजेटमा विभिन्न घोषणा

सरकारले व्यावसायिक कारोबारमा हुने उधारो असुली सम्बन्धी समस्या समाधान गर्न छुट्टै कानुन निर्माण गर्ने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यसको घोषणा गरेका हुन्। बजेटमा कम्पनी खारेजी प्रक्रियालाई सहज बनाउने, कर प्रणालीमा सुधार गर्ने, र नेपाल वायुसेवा निगमलाई कम्पनीमा रुपान्तरण गर्ने जस्ता विभिन्न घोषणा समावेश छन्।

18 समाचार · 16 घण्टा अघि