पर्यटक आगमन बढे पनि दैनिक औसत खर्च १९% ले घट्यो: व्यवसायी
सरकारद्वारा हालै सार्वजनिक गरिएको आर्थिक सर्वेक्षणले नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढे पनि उनीहरूको औसत दैनिक खर्च १९ प्रतिशतले घटेको देखाएको छ। नेपाल पर्यटन व्यवसायी सङ्घका अध्यक्ष कुमारमणि थपलियाले पर्यटकले खर्च नगर्ने हो भने पर्यटनबाट मुलुक समृद्धिको लक्ष्य हासिल गर्न कठिनाइ हुने बताएका छन्। उनका अनुसार यातायात टिकट महँगो हुनुजस्ता कारणले पर्यटकले खुलेर खर्च गर्ने अवस्था नरहेको हो।