चलचित्र ‘गौँथली’को टिजर सार्वजनिक, साउन १ देखि प्रदर्शन
चलचित्र ‘गौँथली’को टिजर सार्वजनिक भएको छ, जसमा मुख्य पात्रको कथालाई उजागर गरिएको छ । टिजरले आमाले छोरीको घर बसाउन गरेको प्रयास र छोरीले घरमा भोग्नुपरेको व्यवहारलाई देखाएको छ । श्रीमान्को फरक व्यवहारबाट आजित श्रीमतीले सहनुपरेको कहर र छोरीको समुन्नत परिवार चाहने आमाको प्रयासलाई टिजरमा समेटिएको छ ।