इजरायलद्वारा लेबनानमा आक्रमण तीव्र, दर्जनौँको मृत्यु
इजरायलले दक्षिणी र पूर्वी लेबनानमा आक्रमण तीव्र पारेको छ, जसमा दर्जनौँ मानिस मारिएका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हिज्बुल्लाहविरुद्ध सैन्य कारबाही तीव्र तुल्याउने घोषणा गरेपछि यो आक्रमण भएको हो। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ, जसमा कैयौँ बालबालिका पनि छन्।