झापाको रतुवा खोलामा बोरामा बाँधिएको अवस्थामा महिलाको शव फेला, प्रहरी अनुसन्धानमा
झापाको दमक नगरपालिका-१० स्थित रतुवा खोलाको पुलमुनि बोरामा बाँधिएको अवस्थामा एक महिलाको शव फेला परेको छ। प्रहरीका अनुसार शव गन्हाएको अवस्थामा भेटिएको थियो र अन्दाजी ३०-३२ वर्षकी जस्तो देखिने महिलाको पहिचान खुलेको छैन। घटना शंकास्पद देखिएकाले प्रहरीले हत्याको आशङ्कामा थप अनुसन्धान गरिरहेको छ।