बजेटमा शिक्षा: पूर्वाधार विकास, नीतिगत सुधार र सुशासनमा नयाँ आशा
आगामी आर्थिक वर्षको बजेटले शिक्षा क्षेत्रमा पूर्वाधार विकास, नीतिगत सुधार, प्रविधिको उपयोग र सुशासनलाई महत्त्व दिएको छ। शिक्षाविद्हरूले यसले नेपाली बालबालिकालाई प्रविधियोग्य बनाउने र गुणस्तरीय शिक्षामा सुधार ल्याउने आशा व्यक्त गरेका छन्। बजेटमा वैदेशिक रोजगारीमा रहेका युवालाई खुला विश्वविद्यालयमार्फत अध्ययनको अवसर दिने र गेटा मेडिकल कलेजमा पठनपाठन सुरु गर्ने जस्ता कार्यक्रम समावेश छन्।