आर्थिक सर्वेक्षण: उद्योग दर्ता १२% बढ्यो, ३९,५४६ रोजगारी सिर्जनाको अनुमान
आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण अनुसार, मुलुकमा औद्योगिक तथा लगानीमैत्री वातावरण अभिवृद्धि हुँदा उद्योग दर्ता करिब १२ प्रतिशतले बढेको छ। यस अवधिमा ११ हजार १४० वटा उद्योग दर्ता भएका छन्, जसबाट ३९ हजार ५४६ रोजगारी सिर्जना हुने अनुमान गरिएको छ।