सुरु 1 हप्ता अघि
·
अपडेट 6 दिन अघि
पश्चिमी र स्थानीय वायुको प्रभावले पाँच प्रदेशमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना
Photo · www.lokpath.com
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली छ। यस प्रभावले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा भने तातो दिन हुने सम्भावना छ।
- कोशी र बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
- आज दिउँसो कोशी प्रदेशलगायत बाँकी हिमाली र पहाडी भूभागमा सामान्यतया बादल लाग्नेछ।
- आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यतया बादल लाग्नेछ।
- मधेस प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ।
घटनाक्रम (11)
1 हप्ता अघि
nepalsamaya.com
nepalsamaya.com
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
1 हप्ता अघि
www.lokpath.com
www.lokpath.com