कञ्चनपुरमा होटल सञ्चालकमाथि सांघातिक हमला
▸ यस स्टोरीको अंश: कञ्चनपुरमा होटल व्यवसायी गोविन्द चन्दमाथि समूहगत आक्रमण, प्रहरीको अनुसन्धान जारी
कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगरस्थित ग्रान्ड प्यासिफिक होटलका सञ्चालक गोविन्द चन्दमाथि शनिबार राति आक्रमण भएको छ। राति ९ बजेतिर होटलमै बसिरहेको अवस्थामा ५/६ जनाको एउटा अज्ञात समूहले उनीमाथि कुटपिट गरेको हो। आक्रमणबाट चोटपटक लागेका व्यवसायी चन्दको अस्पतालमा उपचार भइसकेको छ। उनी उपचारपछि निको भएर अहिले घर फर्किसकेको प्रहरीले जनाएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›