विश्वको सर्वोच्च शिखर सगरमाथा र लोत्से हिमाल सफलतापूर्वक आरोहण गर्ने सशस्त्र प्रहरी बलका दुई महिला कर्मचारी, सहायक निरीक्षक निम दिक्की शेर्पा र सहायक हवल्दार अनिता कार्कीलाई एक तह बढुवा गरिने भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले उनीहरूलाई बधाई दिँदै उक्त घोषणा गरेका हुन्।
Nayapage : https://nayapage.com/
Nayapage | News Portal
नेतृत्व गरिएका स्टोरीहरू
कर्मचारीको तलब ५७% सम्म बढाउन सिफारिस, बजेटमा समावेश हुने चर्चा
मुख्यसचिव सुमनराज अर्यालको अध्यक्षतामा गठित 'कर्मचारी तलब भत्ता पुनरावलोकन समिति' ले आगामी आर्थिक वर्षदेखि सरकारी कर्मचारीहरूको तलब अधिकतम ५७ प्रतिशतसम्म वृद्धि गर्न सरकारलाई सिफारिस गरेको छ। बढ्दो महँगीलाई आधार बनाउँदै समितिले निजामती सेवाको सर्वोच्च पद (मुख्यसचिव) को तलब ५६.७१ प्रतिशत र तल्लो तहका कार्यालय सहयोगीहरूको तलब २७ प्रतिशतले वृद्धि गर्न सुझाव दिएको छ। यस सिफारिसलाई आगामी जेठ १५ गते सार्वजनिक हुने बजेटमा सरकारले कसरी सम्बोधन गर्छ भन्ने विषयमा चासो छ।
प्रधानमन्त्री, रास्वपा सभापति र अर्थमन्त्रीबीच आगामी बजेटबारे छलफल
प्रधानमन्त्री बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई अन्तिम रूप दिन छलफल गरेका छन्। अर्थमन्त्री वाग्लेले आगामी बजेट परम्परागत नभई मुलुकको अर्थतन्त्रमा रूपान्तरणकारी भूमिका खेल्ने बताएका छन्।
चिनियाँ दूतावासद्वारा पत्रकारलाई घुस दिन खोजेको हल्लाको खण्डन, राष्ट्रिय स्वतन्त्र पार्टी कार्यकर्तामाथि आरोप
नेपालस्थित चिनियाँ दूतावासले नेपाली सञ्चारमाध्यमका पत्रकारहरूलाई चिनियाँ नागरिकले घुस दिन खोजेको भनी सामाजिक सञ्जालमा फैलाइएको हल्लाप्रति गम्भीर आपत्ति जनाएको छ। दूतावासका प्रवक्ताले विज्ञप्ति जारी गर्दै उक्त हल्लाले चिनियाँ पक्ष स्तब्ध भएको र यसलाई पूर्ण रूपमा खारेज गर्ने बताएका हुन्। यो हल्ला राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूले फैलाएको आरोप छ।
पूर्वगृहमन्त्री गुरुङमाथि सम्पत्ति छानबिन तीव्र, धितोपत्र र मालपोतबाट विवरण माग
अस्वाभाविक सम्पत्ति र विवादित व्यापारिक सम्बन्धको आरोप लागेका पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन तीव्र पारिएको छ। छानबिन समितिले धितोपत्र बोर्ड, मालपोत कार्यालय र बैंकहरूलाई पत्राचार गरी गुरुङको सम्पत्ति विवरण माग गरेको छ। समितिले प्रमाण संकलनलाई प्राथमिकता दिँदै आवश्यक कागजात जम्मा पारेपछि गुरुङलाई बयानका लागि बोलाउने तयारी गरेको छ।
सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता नवीकरण
नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनल कन्सलटेन्सीबीच पाँच वर्षको लागि सम्झौता नवीकरण भएको छ। पोखरामा आयोजित कार्यक्रममा ब्रिज इन्टरनेशनलका सिइओ भुवन गिरी र सन्दीप लामिछानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। यो सम्झौता नेपालको खेलकुद इतिहासमै एकै पटक यति लामो समयका लागि भएको पहिलो सम्झौता भएको ब्रिज इन्टरनेशनलले जनाएको छ।
योगदान गरिएका स्टोरीहरू
स्वास्थ्य बीमा बोर्डद्वारा निजी अस्पतालमा आकस्मिकबाहेकका सेवा स्थगित
स्वास्थ्य बीमा बोर्डले वित्तीय संकटको कारण देखाउँदै जेठ १६ गतेदेखि लागू हुने गरी निजी स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै स्वास्थ्य बीमा सेवा स्थगित गरेको छ। बोर्डको जेठ ११ गते बसेको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि यो निर्णय गरेको हो।
हर्क साम्पाङद्वारा संसद बैठक बहिष्कार: प्रधानमन्त्रीलाई सदनमा ल्याउन वा आफूलाई निष्कासन गर्न माग
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहलाई संसदमा उपस्थित गराउन सभामुखले रुलिङ नगरेको भन्दै प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन्। उनले प्रधानमन्त्रीलाई सदनमा जवाफदेही बनाउनुपर्ने वा आफूलाई बैठकबाट निष्कासन गर्नुपर्ने माग राखेका थिए। सभामुखले रुलिङ नगरेपछि साम्पाङले झोला बोकेर बैठक कक्ष छाडेका हुन्।
प्रधानमन्त्री बालेनले युरोपेली संघका राजदूतहरूसँग द्विपक्षीय सम्बन्ध र सहकार्यबारे छलफल गरे
प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार यहाँस्थित युरोपेली संघ (ईयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटमा नेपालको वर्तमान प्राथमिकता, द्विपक्षीय सम्बन्ध सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित भएको थियो।
नेपालले अमेरिकालाई १२२ रनले हरायो, इशान र दीपेन्द्रको अर्धशतक
आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबार भएको खेलमा नेपालले अमेरिकालाई १२२ रनले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिला बलिङ गरेको अमेरिकाविरुद्ध नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा ३१७ रन बनाएको थियो। ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१ ओभर २ बलमा १९५ रनमा अलआउट भयो।
एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीलाई नेतृत्व हस्तान्तरणको सुझाव, आज जवाफ दिने
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकमा अधिकांश सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व हस्तान्तरण गरी पार्टी पुनर्गठन गर्न सुझाव दिएका छन्। शुक्रबारदेखि जारी बैठकमा उपाध्यक्षहरू, महासचिव, उपमहासचिव र सचिवहरूले आ-आफ्नो धारणा राखेका छन्। आजको बैठकमा अध्यक्ष ओलीले नेताहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यक्रम छ।
सार्वजनिक बसमा जेठ १५ देखि ‘लगेज ट्याग’ प्रणाली लागू हुने
काठमाडौं उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा यात्रुको सामान सुरक्षित बनाउन र हराउने वा साटिने समस्या अन्त्य गर्नका लागि ‘लगेज ट्याग’ प्रणाली लागू गरिने भएको छ। यसका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासंघबीच सम्झौता भएको छ। यो प्रणाली आगामी जेठ १५ गतेदेखि लागू हुनेछ।