२०४८ यताकै ठूलो आर्थिक सुधार गर्ने अर्थमन्त्रीको प्रतिबद्धता कसरी हुन्छ पूरा?
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेको दाबी: आगामी बजेट सुधारमुखी, सुशासन र पूर्वाधारमा केन्द्रितअर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २०४८ सालयताकै ठूलो आर्थिक सुधार गर्ने बताएका छन् । आगामी आर्थिक वर्षको बजेट निर्माणमा केन्द्रित अर्थमन्त्री वाग्लेको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टीको आर्थिक दृष्टिकोण र अर्थमन्त्रीको सुधारको सोच बजेटमार्फत प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । अर्थविद् अर्पिता नेपालले २०४८ सालले अर्थतन्त्रको ढोका खोलेको र अबको सुधारले संरचनागत अवरोध हटाउनुपर्ने धारणा राख्दै कर प्रणालीमा स्पष्टता, लगानी फिर्ता लिन सहज व्यवस्था र आन्तरिक खपत बढाउने नीति आवश्यक रहेको बताइन् ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›