राप्रपाद्वारा आगामी महाधिवेशन तयारीका लागि कार्यतालिका समिति गठन
▸ यस स्टोरीको अंश: राप्रपाद्वारा महाधिवेशनको कार्यतालिका बनाउन समिति गठन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी महाधिवेशनको तयारीलाई औपचारिक गति दिने उद्देश्यले कार्यतालिका निर्माण समिति गठन गरेको छ। पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनसम्बन्धी सम्पूर्ण कार्ययोजना तयार गर्न उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री धवल शमशेर राणा र सह-महामन्त्री प्रकाश रिमाल सदस्य रहेको तीन सदस्यीय समिति बनाउने निर्णय गरेको हो। आगामी जेठ २८ र २९ गते काठमाडौंमा केन्द्रीय कार्यसमितिको बैठक बसी महाधिवेशन, समसामयिक राजनीतिक अवस्था तथा हालै सम्पन्न निर्वाचनको समीक्षा गरिनेछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›