अत्यावश्यक वस्तुको आपूर्तिमा इरान ढुक्क, सुरक्षा व्यवस्था सुदृढ रहेको गृह मन्त्रालयको दाबी

यस स्टोरीको अंश: इरानको गृह मन्त्रालय भन्छ: अत्यावश्यक वस्तुको आपूर्तिमा समस्या छैन, सुरक्षा सुदृढ छ
www.makalukhabar.com · 1 हप्ता अघि

इरानको गृह मन्त्रालयले देशमा अत्यावश्यक वस्तुहरूको आपूर्तिमा कुनै समस्या नरहेको र इरानलाई आर्थिक वा व्यापारिक रूपमा नाकाबन्दी गर्न असम्भव रहेको बताएको छ । मन्त्रालयका प्रवक्ता अली जेनिभान्डले देशको आपूर्ति व्यवस्था र सुरक्षा अवस्थाबारे जानकारी दिँदै दक्षिणी सीमाबाट हुने आयातमा केही प्राविधिक अवरोधहरू देखिए पनि पूर्वी, पश्चिमी र उत्तरी नाकाहरूबाट आपूर्ति श्रृङ्खला सुचारु रहेको स्पष्ट पारे । उनले इरानी सशस्त्र बलहरू उच्च सतर्कताको अवस्थामा रहेको र विदेशी शक्तिहरूले सुरक्षामा खलल पुर्याउन गरेका सानातिना प्रयासहरूलाई सुरक्षा बलले विफल तुल्याएकोसमेत जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू